सरकारको न्यूनतम साझा कार्यक्रम : भारतीय पक्षबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन भूमिका खेल्ने
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भारतीय पक्षबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ ।
काठमाडौं, पुस २४ : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भारतीय पक्षबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ ।
सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा भारतीय पक्षले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउन कुटनीतिक प्रयास थाल्ने उल्लेख गरिएको छ ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तासहितको सम्पूर्ण भूभाग फिर्ता ल्याउन प्रभावकारी कुटनीतिक भूमिका खेल्ने,’ पौडेलले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी सत्तारुढ दलहरूले दुवै छिमेकीसहित सबै देशसँग असल कूटनीतिक सम्बन्ध राख्ने जनाएका छन् ।
प्रकाशित मिति: १७:५४ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











