Kathmandu Press

प्रतिपक्षलाई वर्तमान सरकारले कम्तीमा १०० दिन काम गरेको हेर्न आग्रह

बैठकमा सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाएका थिए।
प्रतिपक्षलाई वर्तमान सरकारले कम्तीमा १०० दिन काम गरेको हेर्न आग्रह

काठमाडाैं, पुस २५ : नेकपा एमालेका सांसद देवेन्द्र दाहालले प्रतिपक्षलाई वर्तमान सरकारले कम्तीमा १०० दिन काम गरेको हेर्न आग्रह गरेका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा दाहालले वर्तमान सरकारले देशको नेतृत्व गर्न सफल हुने भन्दै कम्तीमा सय दिन काम गरेको हेर्न आग्रह गरेका हुन्।

पछिल्लो १८ महिनामा मुलुकको अर्थतन्त्र धराशयी भएको र वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्ने उनले बताए।

त्यस्तै कांग्रेसका सांसद रमेशजङग रायमाझीले कांग्रेसको नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्मका  निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नु महत्वपूर्ण कार्य भएको बताए।

कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रही विगतको यथार्थबाट पाठ सिक्दै अगाडि बढ्ने उनले बताए।  त्यस्तै  नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिए।

त्यस्तै नेकपा माओवादी केन्द्रकी उर्मीला अर्यालले नवगठित मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै विश्वासको मत दिएर नवगठित सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समर्थन गरी सहयोग पुर्‍याउन आह्वान गरे।

त्यसअघि बैठकमा सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाएका थिए।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्