Kathmandu Press

कसैले कसैलाई निषेध गरेर अगाडि बढ्न सक्ने अवस्था छैन : लिङ्देन 

‘राप्रपा मुलुकको अस्थिरताको कारक बन्नेछैन’
कसैले कसैलाई निषेध गरेर अगाडि बढ्न सक्ने अवस्था छैन : लिङ्देन 

काठमाडौं, पुस २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ताजा जनादेश अनुसार कसैले कसैलाई निषेध गरेर अगाडि बढ्न सक्ने अवस्था नरहेको बताएका छन् । 

प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ताजा जनादेशले  कुनैपनि राजनीतिक दललाई एक्लै अगाडि बढ्न नसक्ने अवस्थामा पुर्याएको बताएका हुन् । 

कुनैपनि राजनीतिक दल र विचारलाई निषेध गरेर जान सक्दैन । सबै राजनीतिक दल र सबै बिचार मिलेर मात्रै यो देशको निकास हुन सक्छ । समस्याको सामाधान हुनसक्छ भन्ने जनादेश छ,’ लिङ्देनले भने।  उनले आगामी दिनमा जनताको यो अभिमतलाई सम्मान गर्दै अगाडि जान सक्षम हुने विश्वास व्यक्त गरे । 

उनले सबैको बिचारभन्दा माथि देश रहेको पनि बताए । ‘देश भन्दा माथि अर्को केही पनि छैन । देशलाई शीरमा राखेर मुुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुन सकौं,’ उनले भने ।

लिङ्देनले यही जनादेशमार्फत राप्रपा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिने बताएका छन् । त्यस्तै राप्रपा मुलुकमा अस्थिरताको कारक नबन्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
 

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्