विश्वासका मत दिन अनिवार्य रुपमा उपस्थित हुन सांसदहरुलाई एमालेकाे निर्देशन
संसद बैठक सुरु हुनुअघि आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी ओलीले भोलि (पुस २६ गते) अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन दिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।
काठमाडौं, पुस २५ : एमालेले विश्वासका मत दिन अनिवार्य रुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद बैठक सुरु हुनुअघि आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी ओलीले भोलि (पुस २६ गते) अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन दिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा एमाले ढुक्क रहेको भनाइ ओलीको बैठकमा राखेका थिए।
प्रकाशित मिति: १३:२९ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार