नयाँ सांसदलाई प्रधानमन्त्रीले भने– तपाईँहरुको प्रवेश लोकतन्त्रको जित हो
पहिलोपटक चुनाव जितेर संसद प्रवेश गर्नेहरुमा देश र जनताको पक्षमा केही गर्ने आवेग र हुटहुटी रहेको बताउँदै प्रधामन्त्री प्रचण्डले भने– ‘त्यो हुटहुटी संसदको पुँजी हो।’
काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पहिलोपटक प्रवेश गर्ने सांसदहरुको हुटहुटी नै संसदको पुँजी रहेको बताएका छन् ।
पहिलोपटक चुनाव जितेर संसद प्रवेश गर्नेहरुमा देश र जनताको पक्षमा केही गर्ने आवेग र हुटहुटी रहेको बताउँदै प्रधामन्त्री प्रचण्डले भने– ‘त्यो हुटहुटी संसदको पुँजी हो।’
प्रधानमन्त्री प्रचण्डले संसदमा युवाहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुत्वाको जित रहेको बताए । नवप्रवेशी सांसदहरुको आफूलाई रचनात्मक सहयोग हुने प्रधानमन्त्रीको अपेक्षा व्यक्त गरे ।
प्रकाशित मिति: १३:५६ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार