Kathmandu Press

संसदमा प्रधानमन्त्रीको सम्बोधन : हामीलाई समस्या केलाएर बस्ने छुट छैन 

प्रधानमन्त्री प्रचण्डले संसद परीक्षाको केन्द्र रहेको र जनताले असाधारण संकल्पको अपेक्षा राखेको बताउँदै सोही अनुसार काम गर्दै जान सबैको सहयोग आवश्यक रहने बताए।
संसदमा प्रधानमन्त्रीको सम्बोधन : हामीलाई समस्या केलाएर बस्ने छुट छैन 

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदहरुलाई समस्या केलाएर बस्ने छुट नभएको बताएका छन् । 

प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरुले समस्या केलाएर बस्ने नभई समाधानतिर जानुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसद परीक्षाको केन्द्र रहेको र जनताले असाधारण संकल्पको अपेक्षा राखेको बताउँदै सोही अनुसार काम गर्दै जान सबैको सहयोग आवश्यक रहने बताए।

उनले परम्परागत राजनीतिले मात्रै अब जनतामाझ जान सक्ने अवस्थामा नरहेको बताउँदै राजनीतिक दलहरु निरन्तर जनताको निगरानीमा रहने बताए । त्यसकारण समस्या केलाएर बस्ने छुट कसैलाई पनि नभएको बरु समाधानतर्फ अगाडि बढ्नुपर्ने उनको धारणा थियो । 

प्रधानमन्त्री प्रचण्डले संसदमा फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि जनतासँग सम्बन्धित सुशासन र समृद्धिको प्रतिबद्धता साझा रहेको बताए । आगामी दिनहरुमा सबै दलका सांसदहरुबाट सरकारलाई रचनात्मक सहयोग हुने अपेक्षा व्यक्त गरे ।  
 
प्रकाशित मिति: १३:४१ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्