Kathmandu Press

माओवादी केन्द्रद्वारा सरकारलाई विश्वासको मत दिन सबै दलहरुसँग आग्रह

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सबै दलहरुसंग आग्रह गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रद्वारा सरकारलाई विश्वासको मत दिन सबै दलहरुसँग आग्रह

काठमाडाैं, पुस २५ : नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सवै दलहरुसंग आग्रह गरेको छ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सबै दलहरुसंग आग्रह गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री दाहालले मंगलबार संसदमा विश्वासको मत लिँदैछन् । बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सांसदहरुलाई संसदमा प्रस्तुत हुने बिषयमा जानकारी गराएका थिए भने पार्टी अध्यक्ष दाहालले विश्वासको मत दिनका लागि सवै दलहरुलाई आह्वान गर्ने र सांसदहरुले पनि व्यक्तिगत रुपमा विश्वासको मत दिनका लागि कुरा गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा दाहालले सरकार गठनका लागि हस्ताक्षर गरेका बाहेकका दलहरुसंग पनि विश्वासका मत दिनका लागि छलफल भएको जानकारी गराएका थिए। 

प्रकाशित मिति: १३:१६ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्