Kathmandu Press

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए। शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उनले जानकारी दिए।
अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

तनहुँ, पुस २५ : अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन्। भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। 

उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए। शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उनले जानकारी दिए। अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन। 

'गत वर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौँ', उनले भने। अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन्। 

साथै उक्त सङ्क्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बङ्गुर मरेका छन्। पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिए। 

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन्। केन्द्रका प्रमुख डा. श्रेष्ठले भने, 'यस रोगको प्रकोपका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ।'

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्