संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई रास्वपकाे निर्देशन
सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थिति देखाउन र जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन्।
काठमाडाैं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थिति देखाउन र जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन्।
बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए।
उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताए। बैठकले बैठक सञ्चालन अध्यक्ष मण्डलमा चन्दा कार्कीलाई सिफारिस गरेको छ।
प्रकाशित मिति: १२:५४ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार