Kathmandu Press

मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार, ६ जना भोलि नेपाल फर्किने

उनीहरूमध्ये ६ जना भोलि (मंगलबार) नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोही सचिवालयका अनुसार ७ जना भने शुक्रबार (पुस २९ गते) फर्किनेछन्। 
मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार, ६ जना भोलि नेपाल फर्किने

काठमाडौं, पुस २५ : मलेसियामा बन्धक बनाइएका १३ नेपालीको आज (सोमबार) उद्धार गरिएको छ।

उनीहरूमध्ये ६ जना भोलि (मंगलबार) नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोही सचिवालयका अनुसार ७ जना भने शुक्रबार (पुस २९ गते) फर्किनेछन्। 

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो।

त्यसपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

सोही निर्देशनबमोजिम सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेकाे थियाे।दूतावासकाे पहलमा मलेसियाको पिआएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपालीकाे उद्धार गरिएकाे हाे।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई ती १३ जनालाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

मलेसियाका अन्य कम्पनीमा समस्यामा परेका २८ नेपालीको समस्या समाधानका लागि समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्