सभामुखको टुंगो नलागेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं, पुस १६ : प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
सङ्घीय संसद् सचिवालयद्....
काठमाडौं, पुस १६ : प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएको छ । सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ ।
यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।
प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, पुस १६, २०७६
थप समाचार






