माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौं, पुस २५ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । सोमबार बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा आज बस्ने प्रतिनिधि सभाको बैठकबारे छलफल भएको छ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको प्रतिनिधि सभाबाट विश्वासको मत लिने विषयमा पनि छलफल भएको बताइएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











