Kathmandu Press

अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामूखी काम गर्न जरुरी : प्रधानमन्त्री 

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ सरकारको ध्यान गएको बताए।
अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामूखी काम गर्न जरुरी : प्रधानमन्त्री 

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच मर्जर भई एकिकृत कारोवारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने लगाएतका निर्णय गरिएको भन्दै अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका हुन् । 

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने उनले बताए। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ पनि सरकारको ध्यान गएको जिकिर गरे। उनले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता जनाए। 

प्रधानमन्त्री प्रचण्डले आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए । दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको भन्दै उनले यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्