Kathmandu Press

जसपाको मधेश प्रदेश संसदीय दलका लागि लालबाबु र सरोजकुमारको उम्मेदवारी 

जसपाको मधेश प्रदेश संसदीय दलका लागि लालबाबु र सरोजकुमारको उम्मेदवारी 

काठमाडौं, पुस २५ : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । 

प्रदेशमा १६ सांसद रहेको जसपाले दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास गरेपनि सम्भव नभएको हो । अघिल्लो पटक मुख्यमन्त्री बनेका राउत पुनः मुख्यमन्त्री बन्न चाहन्छन् । यसअघि अर्का सांसद रामआशिस यादवले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए तर उनले सरोजकुमार यादवलाई समर्थन गरेका छन् ।   

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्