Kathmandu Press

चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना 

महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।
चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना 

काठमाडौं, पुस २५ : देशका चार प्रदेशमा आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ । ती प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्