विश्वभरबाट नयाँ वर्ष २०२० को भब्य स्वागत, प्रधानमन्त्री ओलीले दिए शुभकामना
काठमाडौं, पुस १६ : अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई नेपालसहित विश्वभरका मानिसहरुले भब्यताका साथ स्वागत गरेका छन् । विश्वका बि....
काठमाडौं, पुस १६ : अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई नेपालसहित विश्वभरका मानिसहरुले भब्यताका साथ स्वागत गरेका छन् । विश्वका बिभिन्न ठाउँमा भव्य अतिशवाजी र शुभकामना आदानप्रदानसहित यसको स्वागत गरिरहेका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा गएराति प्रमुख पर्यटकीय केन्द्र ठमेल, दरबारमार्ग लगायतका राजधानीका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरुमा नेपालीहर झुमेका थिए । आज सन् २०२० को पहिलो दिनमा काठमाडौंको दरबारमार्ग, ठमेलसँगै भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहा लगायतका पर्यटकीय स्थानहरुमा स्थानमा विशेष कार्यक्रम भइरहेका छन् । 
ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको हो । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
नव वर्षका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष हामीले अन्तरराष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरे ।
नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना पनि गरे ।






