Kathmandu Press

प्रधामन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

प्रधामन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

काठमाडाैं, पुस २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।
 
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन। लोसपाको प्रतिनिधिसभामा चार सांसद छन।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। सङ्गठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय भएको छ।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्