प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलसँग आग्रह गर्ने रास्वपाकाे निर्णय
आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए।
काठमाडाैं, पुस २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए।
बैठकमा महामन्त्री मुलुक ढकालले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दाहरुलाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको परियारले जानकारी दिए। त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसंग भएका छलफलका बारेमा पनि जानकारी गराउनुभएको परियारले बताए।
उनले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र बिभिन्न बिषयमा थप छलफल हुने जानकारी दिए।