Kathmandu Press

निर्मला पन्त घटना अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन मानव अधिकार आयोगकाे आग्रह

आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर पन्त हत्या घटनालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको थियो।                    
निर्मला पन्त घटना अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं, पुस २४ : राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सरकारलाई आग्रह गरेको छ।

आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र पठाएर आयोगले त्यस्तो आग्रह गरेको हो। आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर पन्त हत्या घटनालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको थियो।                    

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थयाे। सोही घटनाबारे आयोगबाट खटिएको विज्ञ टोलीले सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुस ११ गते मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको घटनाका दोषी पत्ता लगाउन अनुसन्धान अघि बढाउने निर्णय गरेका थिए। पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयबाट हालै भएको पहललाई सकारात्मक रुपमा लिएको आयोगले बताएको छ।

विगत केही वर्षदेखि नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गत वर्ष मात्र २ हजार ३८० जना महिला तथा किशोरीहरु जबरजस्ती करणीका घटनाबाट पीडित भएकी यी घटनाका अधिकांश दोषीहरु पहिचान हुन नसकेको एवम् तत्काल कारबाहीको प्रक्रियामा जान नसकिएको देखिएको आयोगको भनाइ छ।

बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन दूत अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाउन तथा सातै प्रदेशका प्रादेशिक अस्पतालहरुमा दक्ष जनशक्तिसहित श्रोत साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला शीघ्र स्थापना गर्न पनि भनेको छ।

महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाका घटनाहरुको उजुरीउपर तत्काल सम्बोधन गर्नगराउन पनि आयोगले आग्रह गरेको छ।

NHRC_Nepal_Press_Note-2079-9-00241-page-0011673178483.jpg

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्