Kathmandu Press

प्रदेश–१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त 

कार्की ६० सांसदकाे समर्थनमा प्रदेश १ काे मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश–१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त 

काठमाडौं, पुस २४ : प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्