Kathmandu Press

लोसपाका सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन, विश्वासको मतबारे कांग्रेसको धारणा पर्खिने 

लोसपाका सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन, विश्वासको मतबारे कांग्रेसको धारणा पर्खिने 

काठमाडौं, पुस २४ : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले विश्वासको मतका बारेमा कांग्रेसको धारणा आएपछि मात्रै पार्टीको धारणा तय गर्ने जनाएको छ। 

आइतबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले पनि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा रहेकाले कांग्रेसको धारणा आएपछि मात्रै सरकार र विश्वासको मतका बिषयमा आफ्नो पार्टीले धारणा तय गर्ने बताए। 

उहाले सरकारलाई सहयोग गर्न वा विश्वासको मत दिनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबाट औपचारिक प्रस्ताव नआएको जिकिर गरे। उनले आधिकारीक प्रस्ताव आए सरकारका बिषयमा आवश्यक छलफल गर्न सकिने धारणा पनि राखे। 

अध्यक्ष ठाकुरले सरकारको साझा न्युनतम कार्यक्रममा आफुहरुको केहि माग पनि समावेश भएको र त्यस अनुसार काम हुन्छ वा हुन्न भन्ने हेर्न बाँकी रहेको बताए ।

उहाले पार्टीका सवै सांसदहरुलाई काठमाडौंमा नै बस्न भनिएको बताए। कार्यकारिणी बैठकले मधेश प्रदेशको संसदीय दलको विधानलाई अनुमोदन गरिएको ठाकुरले जानकारी दिए। 

प्रकाशित मिति: १७:०० बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्