प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस, ६० सांसदको समर्थन
कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।
काठमाडौं, पुस २४ : प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । सरकार गठनका लागि आह्वान भएको अन्तिम दिन कार्कीले ६० सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।
कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । उनले सोमबार मुख्यमन्त्रीमा शपथ लिने बताइएकाे छ ।
प्रदेश प्रमुख खापुङले संविधानको दफा १६८ को उपदफा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











