शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि छानबिन सुरु
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
काठमाडौं, पुस २४ : काठमाडौंको शंखरापुर नगरपालिका बोझेनीमा आन्दोलनमा उत्रिएका स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। एसपी मैनालीले आज (आइतबार) एक विज्ञप्ति जारी गरेर प्रहरी निरीक्षक बुढाथोकीले गैरव्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको उल्लेख छ।
शंखरापुर नगरपालिका–३ बोझेनीमा विद्युत सबस्टेसन निर्माण गर्न लागेको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै आएका छन्। गत शुक्रबार स्थानीय बासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीमा संलग्न प्रहरी निरीक्षक बुढाथोकीले गोली हान्दिऊँ’ भन्दै पेस्तोल ताकेका थिए।
1673174663.jpg)
प्रकाशित मिति: १६:२७ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











