जनमत र नागरिक उन्मुक्तिबीच १२ बुँदे सहमतिसहित मोर्चाबन्दी, केके छन् मुद्दा?
दुवै पार्टीका अध्यक्षहरू राउत र श्रेष्ठले आज (आइतबार) मोर्चाबन्दी गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
काठमाडौं, पुस २४ : सिके राउत जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच १२ बुँदे सहमतिका साथ मोर्चाबन्दी भएको छ।
दुवै पार्टीका अध्यक्षहरू राउत र श्रेष्ठले आज (आइतबार) मोर्चाबन्दी गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा रेशम चौधरीलगायत बन्दीको रिहाइ, मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश २०७९ लाई संसद्बाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सिके राउतसँग २०७५ फागुन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्नुपर्ने, किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्नुपर्नेलगायत विषय छन्।
दुई पार्टीबीच संघ र प्रदेशमा एकताबद्ध भएर जाने सहमति पनि भएको छ।
हेर्नुहोस् सहमतिपत्र
प्रकाशित मिति: १४:५९ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











