निर्मला कुर्मीले न्याय नपाएकाे भन्दै माइतीघरमा प्रदर्शन, डा. गोविन्द केसीकाे पनि साथ
हिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट पछि हट्न नमिल्ने बताइन्।
काठमाडौं, पुस २४ : बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आज (आइतबार) महिला अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन्।
कुर्मीको न्यायका लागि सरकारको खोजी गरेको संकेतक रुपमा गरिएको सो विरोध प्रदर्शनमा ‘महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था’, ‘महिलाको बाँच्न पाउने अधिकार खोई’, ‘के महिला एकल हुनु पाप हो?’, ‘राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले?’ लगायत नारा लेदिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए।
विरोध कार्यक्रमलाई साथ दिन चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पनि माइतीघरमा पुगेका थिए। उनले सरकारले प्रतिबद्धता जनाएको एक वर्ष बितिसक्दा समेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै अपराधीहरुलाई राजनीतिक दलहरुले संरक्षण गरेको आरोप लगाए। महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट पछि हट्न नमिल्ने बताइन्। कुर्मी बेपत्ता पार्ने घटनाका मुख्य आरोपितलाई सरकार र प्रहरीले समर्थन गरेको आरोप उनले लगाइन्।
बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा प्रदेशसभा सदस्य बादशाह कुर्मी आरोपित छन्। उनी मंसिर गते सम्पन्न प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।











