बाबुरामको राजनीतिक प्रतिवेदन : बृहत् ध्रुविकरणमार्फत समाजवादी केन्द्र निर्माण गरौं (प्रतिवेदनसहित)

काठमाडौं, पुस २४ : नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले बृहत् ध्रुविकरण गरी समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टीको आइतबार बसेको राजनीतिक समितिको बैठकमा अध्यक्ष भट्टराईले पेस गरेको प्रतिवेदनमा वामपन्थी शक्तिहरुबीच बृहत् ध्रुविकरणको आवश्यकता रहेको बताएका हुन् ।
डा. भट्टराईले त्यो आवश्यकता नेपाल समाजवादी एक्लै हिँडेर पूरा गर्न सम्भव नभएको पनि बताएका छन् । ‘यसका लागि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुविकरण र एकीकरण गर्दै जानुको विकल्प छैन । रणनीतिक उद्धेश्य प्राप्तिका लागि कार्यनीतिक स्टेपहरु मिलाउन सिपालु हुनैपर्छ,’ प्रतिवेदनमा उनले भनेका छन् ।
डा. भट्टर्राले वर्तमान परिप्रेक्ष्यमा कांग्रेस र एमाले नै ठूलो दल रहेको तथ्यलाई स्वीकार गर्नुपर्ने बताए । ठूलो दल भएपनि यी दुई दलहरुको मत भने घटेको उनले बताए । ०६४ मा मधेशी जनाधिकार फोरम र माओवादी केन्द्रको उदयले कांग्रेस एमालेको स्थिति कमजोर भएको स्मरण गर्दै उनले अहिले रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयले कांग्रेस, एमाले, माओवादी र जसपा चार वटै दलको स्थिति कमजोर बनेको बताएका छन् ।
परिवर्तनकारी शक्तिहरु कमजोर हुँदा परिवर्तन पनि कमजोर हुने बताउँदै डा. भट्टराईले सम्पूर्ण परिवर्तनकामी शक्तिहरुबीच वृहत ध्रुविकरणको आवश्यकता रहेको बताएका हुन् ।
यस्तो छ डा. भट्टराईको प्रतिवेदन











