नवनियुक्त चिनियाँ राजदूत काठमाडाैंमा
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन सोङ कार्यभार सम्हाल्न नेपाल आएका हुन्।
काठमाडाैं, पुस २४ : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आइतबार काठमाडाैं आएका छन्।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन सोङ कार्यभार सम्हाल्न नेपाल आएका हुन्।
नवनियुक्त चिनियाँ राजदूत सोङले केही दिन क्वारेन्टिनमा बसेपछि मात्रै राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ।
सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसकेका छन्।
प्रकाशित मिति: १४:१० बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार