Kathmandu Press

प्रदेश १ मा एमालेलाई मुख्यमन्त्री, आज दाबी पेस गरिँदै

एमालेका हिक्मत कार्कीले आज दिउँसो ४ बजे मुख्यमन्त्रीमा दाबी गर्ने जनाइएको छ। उनी प्रदेश १ एमाले संसदीय दलका नेता हुन्।
प्रदेश १ मा एमालेलाई मुख्यमन्त्री, आज दाबी पेस गरिँदै

काठमाडौं, पुस २४ : प्रदेश १ मा मुख्यमन्त्री पद नेकपा एमालेले मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने भएका छन्।

शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलले यस्तो सहमति सहमति जुटाएको हो। प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस आज (आइतबार) साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए।

कुनै दलको पनि एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको थियो।

त्यहाँ एमालेका हिक्मत कार्कीले आज दिउँसो ४ बजे मुख्यमन्त्रीमा दाबी गर्ने जनाइएको छ। उनी प्रदेश १ एमाले संसदीय दलका नेता हुन्।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका उनी झापा ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। एमालेको भागमा मुख्यमन्त्री परेपछि सभामुख स्वतः आफूहरूको भागमा पर्ने माओवादी केन्द्रका एक नेताले बताए। शीर्ष नेताहरुबीच सोहीबमोजिम सहमति हुने उनको भनाइ छ।

प्रदेश १ मा ९३ सांसद छन्। सरकार गठनका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। त्यहाँ सत्ता साझेदार दलहरूमा सुविधाजनक बहुमत पुग्ने देखिन्छ। एमालेका ४० सांसद छन्। माओवादी केन्द्रका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सिट छन्। र जनता समाजवादी पार्टी (जसपा) को पनि एक सिट छ। यी सबै गरी ६० सांसदको समर्थन पुग्ने देखिएको छ। 

विपक्षीमा रहेका कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादी (नेकपा) का ४ प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्