Kathmandu Press

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन 

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन 
एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्की

काठमाडौं, पुस २४ :  प्रदेश १ सरकार गठनका लागि दिइएको समयसिमा आज सकिँदै छ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

सातदिनको अवधिमा कुनैपनि दलका नेताले मुख्यमन्त्री दाबी गरेनन् । केन्द्रमा गठबन्धनको सरकार बन्दा प्रदेशको भागबन्डा मिलाउन बाँकी नै छ । केन्द्रमा शीर्ष नेताहरुको आज बस्ने बैठकले प्रदेश सरकारको भागबन्डा मिलाएपछि प्रदेश १ मा मुख्यमन्त्री दाबी गर्ने तयारी छ । 

यहाँ माओवादी केन्द्र र एमाले दुबैले मुख्यमन्त्रीको दाबी गरेका छन् । तर, ठूलो दलको हैसियतले एमालेले नेतृत्व लिने सम्भावना बलियो छ । सो अनुसार एमाले प्रदेश संसदीय दलका नेता रहेका हिक्मत बहादुर कार्की मुख्यमन्त्री बन्नेछन् । एमालेले सरकारको नेतृत्व लिए सभामुख माओवादी केन्द्रले पाउने छ । 

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ  ।

प्रकाशित मिति: १०:५२ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्