सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदिप पौडेल
‘सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होइन।’
काठमाडौं, पुस २४ : नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । ‘सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होइन।’
उनले अस्वभाविक गठबन्धन गर्ने विषय अशोभनिय हुने पनि उल्लेख गर्दै भनेका छन्, ‘आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो हो,। ’
प्रकाशित मिति: ०७:३८ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











