इमान्दारिता आफैमा एउटा युद्ध हो: निर्देशक पण्डित
काठमाडौं, फागुन १ : कमलजंग कुवँर लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित फिल्म ‘खाग’ फागुन २४ मा रिलिज हुदैँछ । फिल्मक....

काठमाडौं, फागुन १ : कमलजंग कुवँर लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित फिल्म ‘खाग’ फागुन २४ मा रिलिज हुदैँछ । फिल्मको नाम ‘खाग’ भएपनि यसका निर्देशक मनोज पण्डित भने उत्साहित छन् ।
‘ग्रेटर नेपाल’, ‘दासढुंगा’, ‘बधशाला’ र ‘छायाँ’जस्ता फिल्म निर्देशन गरेका पण्डित ‘खाग’लाई पनि दर्शकले मन पराउँने बताउँछन् ।
निर्देशक मनोज पण्डित ।
यो फिल्म बनाउँनुको अन्तरकथा भने बेग्लै छ । निर्देशक पण्डित वन्यजन्तुसँग सम्बन्धित विषयमा फिल्म बनाउँन चाहन्थे । संरक्षणमा चासो दिदै आएका थिए । वन्यजन्तुको संरक्षणमा अप्ठ्यारो भइरहेको उनले बुझेका थिए ।
त्यसमाथि एकसिङ्गे गैंडा चोरी शिकारी हुने गरेको उनलाई थाहै थियो । त्यहि बेला उनको दिमागमा ‘गैडालाई चारवर्ष’ पुस्तक आयो । र त्यसका लेखक कमलजंग नै उनको फिल्मका ‘मेन सोर्स’ बने ।
यो फिल्मले एक इमान्दार सरकारी कर्मचारीको कथा बोल्ने उनी बताउँछन् । “अहिले इमान्दार मानिस निकै कम पाइन्छन । यस्तो अवस्थामा फिल्म खागले एक इमान्दार कर्मचारीको कथाबाट इमान्दारिता आफैमा एउटा वार हो भन्ने उदाहरण दिने छ,” निर्देशक पण्डितले भने, ।
पुस्तकमा लेखिएको भन्दा धेरै विषय ‘खाग’मा आउने उनको दावी छ । यसमा लेखक कुँवरको कार्यकालपछिको घटना पनि समेटिएको जनाएको छ ।
यसमा अभिनेता प्रविण खतिवडाको सशक्त अभिनय देख्न पाइने छ । ५० लाख रुपैयाँमा बनेको ‘खाग’को ट्रेलर यसै साता रिलिज हुदैँछ ।












