जसपाले सरकारलाई विश्वासको मत दिने
आफूहरूले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको भन्दै जसपाले सरकारलाई समर्थन गर्ने बताएको हो।
काठमाडौं, पुस २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ।
आफूहरूले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको भन्दै जसपाले सरकारलाई समर्थन गर्ने बताएको हो।
गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छु, जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने विषयमा जसपाको असहमति रहेको जनाएको छ।
पार्टीका मूलभूत सिद्धान्तहरूको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको जसपाले जनाएको छ।
प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











