Kathmandu Press

तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान

तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य  प्रभाव छ ।
तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान

काठमाडौं, पुस २४ : देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ ।

तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य  प्रभाव छ ।

दिउँसो प्रदेश नम्बर–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०६:३९ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्