सर्वोच्च बार अध्यक्षमा लोकतन्त्रवादी समुहका निरौला १४ मत अन्तरमा विजयी

काठमाडौं, पुस २३ : सर्वोच्च अदालत बार एसोशिएसनको शनिबार सम्पन्न निर्वाचनमा लोकतन्त्रवादी समुहतर्फ अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता हरीशंकर निरौला विजयी भएका छन् ।
निरौलाले २८९ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी प्रगतिशील गठवन्धनका वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत ल्याएका छन् । उनी १४ मतले पराजित भएका हुन् ।
बार निर्वाचन मा उपाध्यक्ष, सहसचीवसहित लोकतन्त्रवादी समुहको वर्चश्व रहेको छ । सचीव र कोषाध्यक्ष प्रगतिशील समुहले जितेको छ ।
प्रकाशित मिति: २०:४० बजे, शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











