Kathmandu Press

  सात वर्षपछि प्रचण्ड र डा. भट्टराई एउटै पार्टीमा

भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।
  सात वर्षपछि प्रचण्ड र डा. भट्टराई एउटै पार्टीमा


काठमाडाैं, पुस २३ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' र नेपाल समावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भेटवार्ता भएकाे हाे।

भेटवार्तामा नेकपा माओवादी केन्द्र र नेसपा बीच पार्टी एकताको तयारी भएको जनाइएकाे छ। भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ । पार्टी एकतापछि प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।

भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् ।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्