तीन स्रष्टा पुरस्कृत
आज यहाँ कवि दैवज्ञराज न्यौपानेको ११ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नेपाली साहित्यमा योगदान पुर्याउने वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, वरिष्ठ कवि जसराज किराँती र वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीलाई पुरस्कृत गरेको हो।
काठमाडाैं, पुस २३ : कवि दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ।
आज यहाँ कवि दैवज्ञराज न्यौपानेको ११ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नेपाली साहित्यमा योगदान पुर्याउने वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, वरिष्ठ कवि जसराज किराँती र वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीलाई पुरस्कृत गरेको हो।
प्रतिष्ठानले पूर्वाअञ्चल बालसेवा आश्रमका समाजसेवी सीता पोखरेललाई पनि सम्मान गरेको छ। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा सुरेशराज शर्माले साहित्य स्रष्टाका सिर्जनाले समाजदलाई जिवित राख्न सहयोग गरेको बताए।
उनले भने, 'हाम्रा नेपाली साहित्य समयमै अनुवाद गर्नसकेको भए विश्वसाहित्य जगतमा चम्किरहेको हुने थियो। समाजलाई जिवित राख्न तपाईँ ९साहित्य स्रष्टा०को सिर्जनाले सम्भव भएको हो।' उनले कवि न्यौपानेको साहित्यप्रतिको लगाव र योगदानको स्मरणसमेत गरे।
दैवज्ञ विशिष्ट स्रष्टाबाट साहित्यकार प्रा.डा. त्रिपाठी, दैवज्ञ साहित्य पुरस्कारबाट कवि जसराज किराँती, दैवज्ञ बालसाहित्य पुरस्कारबाट बालसाहित्य स्रष्टा पराजुली र समाजसेवा पुरस्कारबाट पाखरेल पुरस्कृत भएका हुन्।
प्रतिष्ठानले स्रष्टालाई सम्मानपत्रसहित नगर ५५ हजार देखि ३३ हजार रुपैयाँसमेत प्रदान गरेको छ।