सर्वोच्च बार निर्वाचनको मतगणना शुरु, भट्ट ५ मतले अघि
६ सय २१ मतदातामा ५ सय ७३ मत खसेको बार निर्वाचन समितिले जनाएको छ। अहिले मत गणना जारी छ। निर्वाचन समितिका अनुसार आजै मत परिणाम आउनेछ।
काठमाडौं, पुस २३ : सर्वोच्च अदालत बारएसाेसिएसन कार्यसमिति र केन्द्रीय कार्यकारिणी परिषद सदस्य (पार्षद) ) निर्वाचनको मतगणना सुरु भएको छ।
६ सय २१ मतदातामा ५ सय ७३ मत खसेको बार निर्वाचन समितिले जनाएको छ। अहिले मत गणना जारी छ। निर्वाचन समितिका अनुसार आजै मत परिणाम आउनेछ।
सर्वोच्च बार निर्वाचनका लागि बृहद लोकतन्त्रवादी समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशिल पेशागत तथा गणतान्त्रिक, लोकतान्त्रिक, समाजवादी र समावेशी कानुनव्यवसायी समूहले वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानल प्रतिस्पर्धामा छ।
तीव्र प्रतिश्पर्धा रहेको यस निर्वाचनमा दुई सय मत गणना सम्पन्न हुँदा प्रगतिशिल समूहका अध्यक्षका उम्मेदवार भट्ट पाँच मतले अघि रहेका छन्।
प्रकाशित मिति: १७:५० बजे, शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











