नेपालमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु
केही समययता कोरोना संक्रमितको संख्या अत्यन्त न्यून भए पनि कसैको मृत्यु भने भएको थिएन।
काठमाडौं, पुस २३ : नेपालमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।
केही समययता कोरोना संक्रमितको संख्या अत्यन्त न्यून भए पनि कसैको मृत्यु भने भएको थिएन। पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पिसीआर र एन्टिजेन गरी ५५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा दुई जना कोरोना संक्रमित निको भएका छन्। अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: १७:०६ बजे, शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











