रविले फरक कुर्सी हटाउन लगाए, अरुलाई जस्तै मगाए
शुक्रबार आफ्नो सवारीका क्रममा अगुवापछुवा गाडी हटाएर चर्चा बटुलेका उनले आज (शनिबार) सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा त्यस्तै खालको गतिविधि गरेर अर्को चर्चा कमाउने कोसिस गरेका छन्।
काठमाडौं, पुस २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको ११ दिन मात्र भएको छ। यसबीचमा उनले विभिन्न निर्णय गरेर चर्चा कमाइरहेका छन्।
सुरक्षाकर्मी फिर्ता, लाममा नलागी सेवा दिने निर्णयमा यिनी चुक्दै पनि आएका छन्। उनले कार्यक्षेत्रभन्दा बाहिर गएर अनावश्यक निर्णय गरी ‘हिराइजम’ प्रदर्शन गरेको भनेर आलोचना पनि हुँदै आएकाे छ।
शुक्रबार आफ्नो सवारीका क्रममा अगुवापछुवा गाडी हटाएर चर्चा बटुलेका उनले आज (शनिबार) सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा त्यस्तै खालको गतिविधि गरेर अर्को चर्चा कमाउने कोसिस गरेका छन्।
उक्त कार्यत्रममा उनले आफ्ना लागि राखेको छुट्टै कुर्सी हटाउन लगाएका छन्। सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित एक औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेका लागि छुट्टै कुर्सी राखिएको थियो। उनी त्यस्तो कुर्सीमा बस्न चाहेनन्।
आफूलाई छुट्टै कुर्सीको आवश्यकता नपर्ने भन्दै उनले उक्त कुर्सी हटाएर अरु अफिसरका लागि राखिएको जस्तै सोफा राख्न निर्देशन दिएको जनाइएको छ।
उनले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्ति हटाएर म्यान्डेटअनुसार काम गर्नुपर्नेमा जोड दिएइको उनको सचिवालयले बताएको छ।
उनले तराईदेखि हिमालसम्म तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको औंल्याउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।
कार्यक्रमा सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भूमिकाका लागि आफुहरु परिचालित हुँदै आएको बताए।











