Kathmandu Press

कांग्रेसले सरकारको विपक्षमा मतदान गर्छ : महामन्त्री थापा

‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ र प्रतिपक्षमा बस्छ,’ उनले भने।
कांग्रेसले सरकारको विपक्षमा मतदान गर्छ : महामन्त्री थापा

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले वर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्।

आज (शनिबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको पनि बताए। कांग्रेस प्रतिपक्षमा बसेर आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ र प्रतिपक्षमा बस्छ,’ उनले भने। तथापि विश्वासको मतबारे पुस २६ गते बिहान बस्ने संसदीय दलको बैठकमा निर्णय हुने उनले बताए।

प्रकाशित मिति: १६:१० बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्