Kathmandu Press

सांसदले संसदीय गतिविधिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ : ओली

संसदीय दलको बैठक जति बजे बोलाइएको छ, त्यतिबेलै उपस्थित हुनुपर्ने र समयसीमाको पालना गर्नुपर्नेमा जोड दिए।
सांसदले संसदीय गतिविधिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ : ओली

काठमाडौं, पुस २३ : एमाले अध्यक्ष केपी ओलीले सांसदहरुलाई संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। 

पार्टी संसदीय दलका नेतासमेत रहेका उनले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिएका हुन्।

आज (शनिबार) संसद भवन नयाँ बानेश्वरमा सुरु भएको पार्टीका सांसदहरुको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने, समयभरि बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन।’

संसदीय दलको बैठक जति बजे बोलाइएको छ, त्यतिबेलै उपस्थित हुनुपर्ने र समयसीमाको पालना गर्नुपर्नेमा जोड दिए। पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद भवनमा उपस्थित हुन सांसदहरूलाई निर्देशन पनि दिए।

साेही अवसरमा उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे।

 

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्