Kathmandu Press

राष्ट्रपति भण्डारी साझा बसमा सरर (तस्बिरहरू)

शीतल निवास बसमा चढेकी उनी ललितपुरको पाटन ढोका ओर्लिएकी थिइन्।
राष्ट्रपति भण्डारी साझा बसमा सरर (तस्बिरहरू)

काठमाडौं, पुस २३ : राष्ट्रपति विद्यादेवी भण्डारी मदन पुस्तकालयलगायत विभिन्न स्थानको अवलोकन गर्न र पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन आज (शनिबार) साझा यातायातको विद्युतीय बस चढेर ललितपुर गएकी छन्।

NP-KTM-RSS1673085111.jpg

उनलाई लिन साझा बस महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै पुगेको थियो। 

NP-KTM-RSS31673085110.jpg

शीतल निवास बसमा चढेकी उनी ललितपुरको पाटन ढोका ओर्लिएकी थिइन्। त्यहाँ उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

NP-KTM-PRESIDENTBHANDARI1673085110.jpg

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन्।  

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाल पुखु पुगेकी थिइन्। पिम्बहाल मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाल पुखुको इतिहासबारे जानकारी लिएकी थिइन्।

NP-KTM-PRESIDENTBHANDARI-MADANPUSATAKALAYA1673087425.jpg

काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो। पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपछि पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छन्। 

NP-KTM-PRESIDENTBHANDARI-MADANPUSTAKALAYA21673087425.jpg

NP_KTM_PATAN_PRESIDENT1673094236.jpg

NB_KTM_PRESIDENTBHANDARI_1673094235.jpg

NP_KTM_PRESIDENTPATANVISIT1673094235.jpg

NP_KTM_PRESIDENT1673094234.jpg

NP_KTM_PRESIDENT_BHANDARI_PATAN_1673094234.jpg

तस्बिरहरू ः रासस

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्