Kathmandu Press

सरकार गठनमा बाह्य शक्तिकाे अनावश्यक चासो : ओली

नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो राख्ने नगरेकाे उल्लेख गर्दै ओलीले विदेशी मुलुकले पनि नेपालकाे आन्तरिक राजनीतिमा त्यस्तो गर्न नहुनेमा जाेड दिए। 
सरकार गठनमा बाह्य शक्तिकाे अनावश्यक चासो : ओली

काठमाडौं, पुस २३ : एमाले अध्यक्ष केपी ओलीले कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भनेर जोडले लागेको आरोप लगाएका छन्। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कमब्याक’ भन्दै पुस २६ गते सरकार ढालेर सत्तामा आउने कुरा गरिरहेको बताए। उनले अबको पाँच वर्ष कांग्रेससरकारको विरोध गर्न वा ढाल्नतिर लाग्ने अनुमानसमेत गरे।

ओलीले सरकार निर्माणमा छिमेकी देशलगायत अन्य बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। ‘यो नेपालीले बनाएको सरकार हो। यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं,’ उनले भने, ‘नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो।’

सरकार गठन गर्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण भएको बताउँदै ओलीले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यताविपरीतका कार्य भएको पनि बताए।

नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो राख्ने नगरेकाे उल्लेख गर्दै ओलीले विदेशी मुलुकले पनि नेपालकाे आन्तरिक राजनीतिमा त्यस्तो गर्न नहुनेमा जाेड दिए। 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्