Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक : विश्वासको मतबारे छलफलै भएन, अरु निर्णय केके भए?

सरकारलाई विश्वासको मत दिने कि नदिने विषयमा समेत छलफल हुने भनिए पनि त्यसबारे कुनै छलफल नभएको जनाइएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभमा विश्वासको मत लिँदैछन्।
कांग्रेस संसदीय दलको बैठक : विश्वासको मतबारे छलफलै भएन, अरु निर्णय केके भए?

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गरेको छ।

पार्टी सभापित एवं संसदीय दलको नता शेरबहादुर देउवाको अध्यक्षतामा संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शनिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो। नयाँ प्रतिनिधिसभा सदस्य चयन भएपछि कांग्रेस संसदीय दलको यो पहिलो बैठक हो।

बैठकले गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो दलका रूपमा निर्वाचित गर्ने मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ। 

स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई पनि बैठकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ। 

प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार  भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका नेताकार्यकर्ताको अपेक्षाबमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना पनि बैठकमा गरिएको छ। 

निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सबै सञ्चार माध्यमप्रति बैठकले सम्मान प्रकट गरेको छ। बैठकले नेपाली कांग्रेस नेता एवं संविधानसभा सदस्य झुलबहादुर आले र पूर्वसांसद मैयादेवी श्रेष्ठको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेको छ।

सरकारलाई विश्वासको मत दिने कि नदिने विषयमा समेत छलफल हुने भनिए पनि त्यसबारे कुनै छलफल नभएको जनाइएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभमा विश्वासको मत लिँदैछन्। 

सोही दिन (पुस २६ गते) बिहान ९ बजे संसदीय दलको अर्को बैठक बोलाइएको छ। सोही दिन बस्ने बैठकले त्यसबारे निर्णय गर्ने बताइएको छ। 

324217168_1400969554008409_7590390951385891925_n1673082191.jpg

प्रकाशित मिति: १४:३९ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्