कांग्रेस संसदीय दलको बैठक सुरु
बैठक आज (शनबिार) १ बजे बस्ने भनिए पनि झन्डै एक घन्टा ढिलो गरी सुरु भएको हो।
काठमाडौं, पुस २३ : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो। बैठक आज (शनबिार) १ बजे बस्ने भनिए पनि झन्डै एक घन्टा ढिलो गरी सुरु भएको हो।
प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुनुअघि संसद् पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकाले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने र समसामयिक विषयमा पनि छलफल गर्ने बैठकको एजेन्डा रहेको बताए।
सरकारलाई विश्वासको मत दिने कि नदिनेलगायत विषयमा पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने मंगलबार (पुस २६ गते) प्रतिनिधिसभमा विश्वासको मत लिँदैछन्।
यसअघि शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका थिए।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा ८९ सांसद छन्।











