नेपाल आइपुगे भारतसहित चार देशका पर्यटन मन्त्री
काठमाडौं, पुस १५ : नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन सत्रमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौं आइपुगेका छन्।
बुधबार हुन....

काठमाडौं, पुस १५ : नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन सत्रमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौं आइपुगेका छन्।
बुधबार हुने औपचारिक उद्घाटन समारोहमा सहभागी हुन भारतका पर्यटनमन्त्री प्रह्लाद सिंह पटेल, जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट, म्यानमारका पर्यटन मन्त्री ओन मउङ र चीनका सहायक पर्यटन मन्त्री वङ सियाओफेङ मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सोल्टी होटलमा पुगेर स्वागत गरेका थिए। भ्रमण वर्ष सचिवालयले भीआइपी पाहुनाहरुलाई सोल्टी होटलमा रहने व्यवस्था मिलाएको छ।
नेपाल भ्रमण वर्ष– २०२० को शुभारम्भ बुधबार (भोलि) दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।
पर्यटन मन्त्री भट्टराईका अनुसार काठमाडौंसहित प्रदेश नम्बर एकको विराटनगर, प्रदेश नम्बर २ को जानकी मन्दिर, प्रदेश नम्बर तीनमा चितवनको सौराहा, गण्डकी प्रदेशमा पोखराको लेकसाइड, प्रदेश नम्बर ५ मा बर्दिया, प्रदेश कर्णाली प्रदेशमा सुर्खेतको बुलबुल ताल र सुदूरपश्चिम प्रदेशमा धनगढीमा एकैसाथ भ्रमण वर्षको उद्घाटन गरिनेछ।











