Kathmandu Press

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

उनीहरूबीच आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा समसामयिक राजनीतिका विषयमा कुराकानी हुनुका साथै दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौं, पुस २३ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

उनीहरूबीच आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा समसामयिक राजनीतिका विषयमा कुराकानी हुनुका साथै दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

साथै प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने विषयमा पनि छलफल भएको बताइएको छ।

यी दुई नेताले नेतृत्व गर्ने माओवादी केन्द्र र नेसपाबीच गत मंसिर ४ मा सम्पन्न चुनावअघि नै एकता गर्ने गरी छलफल चलेको थियो। नेसपाका कतिपय नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भएका थिए। 

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्