Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुनुअघि संसद् पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ ।

प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुनुअघि संसद् पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकाले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने र समसामयिक विषयमा पनि छलफल गर्ने बैठकको एजेन्डा रहेको बताए।

यसअघि शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका थिए।

प्रकाशित मिति: ०८:२२ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्