Kathmandu Press

तराईमा अझै केही दिन शीतलहर कायम रहने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईंमा आगामी सोमबारसम्म शीतलहर कायम रहने छ।
तराईमा अझै केही दिन शीतलहर कायम रहने

काठमाडौं, पुस २३ : तराईमा केही दिन यता देखिएको शीतलहर अझै कही दिन कायमह रहने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईंमा आगामी सोमबारसम्म शीतलहर कायम रहने छ।

आज पनि तराईमा शीतलहर चलेको छ । यो आज दिउँसो र रातिसम्मै देखिने बताएको छ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

विभागका अनुसार पहाडी भू-भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू-भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।

 

 

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्