Kathmandu Press

रवि लामिछानेले हटाए आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी

रवि लामिछानेले हटाए आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी

काठमाडाैं, पुस २२ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।

आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै सामाजिक सञ्जाल ट्वीटरमा स्ट्याटस लेखेका छन, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने बताउँदै भनेका छन्, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो  कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’

साथै उनले  व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्